१२ जेष्ठ २०७९, बिहीवार

पोखराका निर्माण व्यवसायी धनपति १० दिनदेखि सम्पर्कविहीन

२०७८,माघ,९,आईतवार १९:२२

0
Shares

पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन् । पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्कविहीन बनेको उनकी श्रीमति टेकमा बुढामगरले जानकारी दिएकी छन् ।
३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले जानकारी दिइन् । ‘उहाँको बाइक बिग्रेको थियो । बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो,’ उनले भनिन्, ‘३० गते फोनमा पनि कुरा भएको छैन । कहाँ हुनुहुन्छ थाहै छैन ।’
पुस २७ गते पनि आफू बाइक लिएरै फर्किहाल्ने भन्दै पोखरा झरेको श्रीमति टेकमाले जानकारी दिइन् । ‘लुगा धुनुपर्ने छ । म आइहाल्छु भन्नुभाथ्ग्यो,’ उनले भनिन् । श्रीमान हराएपछि सबैलाई खोजिदिन उनले आग्रह गरेकी छन् ।
रोल्पा सुनछहरी गाउँपालिकाबाट २०६९ सालमा ज्यालामजदुरी गर्न मगरको परिवार पोखरा आएको थियो । धनपति हराएको बारे परिवारले प्रहरीलाईसमेत जानकारी दिइसकेको छ ।

प्रकाशित मिति: २०७८,माघ,९,आईतवार १९:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काबुल । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्

काठमाडौं । नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ । यसअघि पराजय

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण बढ्दो अशान्ति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री शेहबाज

ताजा समाचार

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५
काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४