१२ जेष्ठ २०७९, बिहीवार

सुभाष चन्द्र बोसको योगदानबारे चर्चा

२०७८,माघ,९,आईतवार १९:१५

180
Shares

भारतीय नेता सुभाष चन्द्र बोसको १२५ औ जन्मजयन्ती विराटनगरमा एक कार्यक्रमको आयोजन गरी मनाइएको छ।

नेताजी सुभाषचन्द्र बोस इन्टरनेशनल फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले भारतको स्वतन्त्रतामा बोसको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बोसको जीवनबाट प्रेरणा प्राप्त गरी आज नेपालीहरुको गौरबको रूप रहेको सगरमाथालाई चिनियाँ अतिक्रमणबाट मुक्त गराउनु पर्ने आवश्यकता रहेको बताए। बीजेपी बिहार प्रान्तका मन्त्री भानु प्रकाश रायले भारतको इतिहासमा नेताजी सुभाषचन्द्रको जून स्थान हुनुपर्थ्यो त्यो स्थान नदिएको प्रति असन्तुस्टि ब्यक्त गरे ।

त्यस्तै सुभाषचन्द्र बोस इन्टरनेशनल फाउन्डेशनका निर्देशक ड निरन्जनले बोसको जीवनबारे गहन प्रकाश पारेका थिए। कार्यक्रममा उद्योग बाणिज्य संघ मोरंगका महामंत्री अनिल कुमार साह, समाजसेवी डा एस एन झा लगायतले आफ्नो मन्तव्य राखेका थिए भने बोसको तस्बीर अगाडि पुस्प अर्पण एबं दीप प्रज्वलन गरी कार्यक्रमको संचालन भएको थियो।

प्रकाशित मिति: २०७८,माघ,९,आईतवार १९:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने

स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५