एकाएक किन सिंगापुर गए प्रचण्ड ?

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर गएका छन् ।  पत्नी सीता दाहालको उपचारका लागि उनी सिंगापुर गएको बताइएको छ । उनी यसअघि पनि सीताको उपचारको लागि सिंगापुर जाने गरेका थिए ।

कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो । कलेजोमा फेरि समस्या देखिएको चिकित्सकले बताएपछि उपचारका लागि प्रचण्ड सिताको फ्लोअपको लागि सिंगापुरतर्फ लागेको बताइएको छ । प्रचण्ड सम्भवतः तीन दिनपछि स्वदेश फर्किनेछन् । छोरा प्रकाश दाहालको निधनपछि सीताको स्वास्थ्यमा थप समस्या देखिँदै आएको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?