नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि

लोकपथ
2k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३२ नमुनामध्ये थप २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरमणी अधिकारीले जानकारी दिए । पछिल्लो समय अन्य देशमा जस्तै नेपालमा पनि ओमिक्रोन संक्रमणको दर बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?