१३ जेष्ठ २०७९, शुक्रवार

सरोगेसीप्रति तसलिमाको आक्रोश

२०७८,माघ,९,आईतवार १६:२२

351
Shares

काठमाडौं । लेखक तथा अभियान्ता तसलिमा नसरिन जहिल्यै आफ्नो बोलीका कारण चर्चामा हुन्छिन् । यसपटक उनले सरोगेसीलाई लिएर आफ्नो भनाइ सामाजिक सञ्जालमा राखेकी छन् । उनको भनाइमा सरोगेसीका माध्यमबाट अभिभावक बनेका स्टारप्रति निशाना साँधेकी छन् ।

तसलिमाले सरोगेसीका माध्यमबाट आमा बनेका महिलाहरूमाथि प्रश्न गरेकी छन् । हालैमात्र अभिनेत्री प्रियंका चोपडा जोनास र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनेका थिए ।

‘सरोगेसी गरिब महिलाहरूका कारण मात्र सम्भव छ । धनी व्यक्ति आफ्नो स्वार्थका लागि समाजमा गरिबीको अस्तित्व चाहन्छन् । तपाईंहरुलाई बच्चा पाल्न र उनीहरू स्याहारसुसारमा चासो छ भने घरबारविहीन बनेका बच्चाहरूलाई अपनाउनुहोस्’, उनले लेखेकी छन् ।

उनले सरोगेसीका माध्यमबाट ‘रेडिमेड बच्चा’ पाउने महिलालाई आमाको अनुभव कसरी आउँछ भनेर प्रश्न सोधेकी छन् । ‘म सरोगेसीलाई त्यो समयसम्म स्वीकार्दिन, जबसम्म धनी महिलाहरु सरोगेट आमा बन्दैनन् । म बुर्का पनि लगाउँदिन, जबसम्म पुरुषले यसलाई स्वीकार्दैनन् । यस्तै प्रकारमा वेश्यावृत्तिलाई पनि स्वीकार्दिनँ । सरोगेसी, बुर्का र वेश्यावृत्ति महिलाहरु र गरिबहरुको शोषण हो’, उनले लेखेकी छन् ।

प्रकाशित मिति: २०७८,माघ,९,आईतवार १६:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

काठमाडौं । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले हिजो आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले

काठमाडौं । फिल्म निर्माता-निर्देशक करण जोहरले २५ मे मा आफ्नो ५० औं जन्मदिन धूमधामका साथ मनाएका छन् । यस क्रममा

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५