१३ जेष्ठ २०७९, शुक्रवार

साताको पहिलो दिन घट्यो सेयर बजार

२०७८,माघ,९,आईतवार १६:०९

27
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ । तर, फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक गिरावट आएको छ भने ५ उपसमूहको परिसूचक भने बढेको छ । जसमध्ये अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने र्निजीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक थोरै मात्रै बढेको छ । यता वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी २.७७ प्रतिशत घटेको छ । व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

आइतबार नेप्से परिसूचक ओरालो लागेपनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन् । त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, ग्लोबल आइएमई बैंक, ज्योति लाइफ र सानिमा लाइफको शेयरमूल्य बढेको छ । तर आज सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढीले घटेको छ । आइतबार कारोबार रकमका आधारमा ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपि पावरको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: २०७८,माघ,९,आईतवार १६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सेयर बजार मापक सूचक नेप्से परिसूचक बिहीबार पनि वृद्धि भएको छ । पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर

काठमाडौं । मुलुकको अर्थतन्त्र तीब्र रूपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने

धनगढी । सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ३० प्रतिशत मात्रै हुन सकेको छ । चालू आर्थिक

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५