अवैध लागूऔषधसहित ४ जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

ईलाम, रोङ गाउँपालिका-४ जोरकलशबाट करिब १ ग्राम २ सय मिलिग्राम चरेस जस्तो देखिने पदार्थ र ८९ ग्राम गाँजासहित सुनसरी बराहक्षेत्र नगरपालिका-१ चियाबारी बस्ने ३५ वर्षीय राज कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले पैदलयात्री राईलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१ सिमपानीबाट १ केजी अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने ४२ वर्षीय बिष्णु गौचनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले गौचनको कोठामा तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सर्लाही, हरिवन नगरपालिका-८ पुरानो बजारबाट करिब ५ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्र बहादुर अधिकारी र उनकै श्रीमती ३० वर्षीया रिचा अधिकारी रहेका छन् । बा.६८ प ४९७२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?