नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस भोलि आइपुग्ने

लोकपथ
442
Shares

काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न मौरिससको टिम सोमबार नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी सोमबार नेपाल आइपुग्ने बताए ।

टोली बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल सुरु हुने समय भने बताइएको छैन ।

यस्तै दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड-१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गरिएको छ ।

यस्तै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । एन्फा सरकारको निर्देशनमा खोप लगाएका दर्शकलाई मात्र मैदान छिराउने तयारीमा छ ।

हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा आफ्नो प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । जसमा नौ खेलाडीले पहिलोपटक अवसर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?