काठमाडौं । नेपाल प्रहरीको पछिल्लोपटक वढुवा भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक एसपीको पदस्थापन आज हुँदैछ ।
केहीदिन अघि प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नती भएका २७ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका ४९ जना प्रहरीको प्रहरी प्रधान कार्यालयले पदस्थापन गर्न लागेको हो ।
पदस्थापन गर्दा केही जिल्ला र राजधानीका वृत्तमा समेत हेरफेर हुनेछ । यो सरुवा र पदस्थापनासँगै रसुवासहित केही जिल्लाको प्रहरी नेतृत्वमा परिवर्तन आउनेछ । भने काठमाडौंको वृत्त महाराजगञ्ज, सिंहदरबार सहितको नेतृत्वमा पनि हेरफेर हुने स्रोतले बताएको छ ।
स्रोतका अनुसार बढुवा भएका मात्र नभई अन्यको पनि सरुवा हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया