राष्ट्रियसभा निर्वाचन : आज रातिबाट मौनअवधि, के गर्न पाइन्छ के पाइन्न ?

लोकपथ
377
Shares

काठमाडौं । माघ १२ गते बुधबार हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुन लागेको छ ।

सो क्रममा निर्वाचन आयोगले त्यसअघि निर्वाचन चिन्ह लगायत प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचारण पालना गर्न सबैलाई आग्रह गरेको छ ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?