हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित रानी बन क्वारेन्टाइनको सरकारी टोलीले अनुगमन गरेको छ । शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नौ जनालाई संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानी बनमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।
सरकारी टोलीले संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र क्वारेन्टाइनमा गरिएको व्यवस्थाको अनुगमन गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया