अष्ट्रेलियन ओपन : नाडाल क्वाटरफाइनलमा

लोकपथ
104
Shares

काठमाडौं । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार मेलवर्नमा भएको चौंथो चरणमा फ्रान्सका एड्रियन मान्नारिनोलाई ७-६ ९१६-१४० ६-२ ६-२ ले हराएर पाँचौ वरीयताका नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । खेल २ घन्टा ४० मिनेट चलेको थियो ।

नाडाल यसपटक कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । हालसम्म नाडालसँगै नोभाक जाकोभिच र रोजर फेडेररले समान २० पटक प्रतियोगिता जितेका छन् । ३५ वर्षीय नाडाल गत वर्ष क्वाटरफाइनलबाटै बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?