सभामुख र सत्तापक्षसँग खनियो प्रमुख प्रतिपक्षी दल एमाले

लोकपथ
377
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरेको छ ।

आइतबार प्रेस वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख नै प्रतिपक्षी दललाई विभाजित गर्ने दिशामा लागेको आरोप लगाएका छन् । जसको कारण आफूहरु लामो समयदेखि प्रतिनिधि सभा अवरोध गर्न बाध्य भएको बताएका छन् ।

‘प्रतिनिधिसभाका सभामुख नै प्रमुख प्रतिपक्षी दललाई विभाजित गर्ने असंवैधानिक, असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्न भएका कारण प्रतिनिधिसभाको बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको छ ।’ जारी वक्तव्यमा भनिएको छ ।

त्यसैगरी सरकारले संविधानको मर्मविपरित अध्यादेश ल्याएर प्रतिपक्षीलाई विभाजनका लागि उद्धत गरेको समेत एमालेको ठहर रहेको छ । त्यस्तै सत्तापक्ष प्रमुख प्रतिपक्षीको आवाज सुन्नलाई तयार नरहेको समेत एमालेको भनाइ रहेको छ । एमालेले सत्तापक्षको गलत मनासायका कारण राज्यको महत्वपूर्ण अंग व्यवस्थापीका संसद अकर्मण्य अवस्थामा पुगेको आरोप लगाएको छ ।

‘संविधानको मर्मविपरीत अध्यादेश ल्याएर प्रतिपक्षी दललाई विभाजन गर्न उद्यत् सत्ता पक्ष प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न, यसका लागि प्रमुख प्रतिपक्षका आवाजलाई गम्भीरतापूर्वक सुन्न र सम्बोधन गर्न तयार छैन ।’ जारुी वक्तव्यमा भनिएको छ, ‘सत्तापक्षको गलत मनशायका कारण राज्यको अर्को महत्वपूर्ण अङ्ग व्यवस्थापिकासमेत अकर्मण्य अवस्थामा पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?