एमालेको आरोप : ‘अर्थतन्त्रका सबै सूचकहरु अनिष्टतातिर’ (पूर्णपाठ)

लोकपथ
221
Shares

काठमाडौं । नेकपा एमालेले चालू आर्थिक वर्षमा देशको अर्थतन्त्रका सबै सूचकहरुले गम्भीर अनिष्टको संकेत गरिरहेको आरोप लगाएको छ ।

आज प्रेस वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सो कुरा उल्लेख गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्रीले आफ्नो कार्यकालको समेत समिक्षा गरेका थिए ।

सोही सम्बोधनमाथि टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई विस्थापित गर्दै ल्याइएको बजेटले विकासका कार्यहरु ठप्प भएको एमालेको आरोप रहेको छ । त्यस्तै राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार मुलुक थप आर्थिक रुपमा संकटतिर धकेलिएको संकेत गरेको उल्लेख गरिएको छ ।

‘अर्थतन्त्रका सबै सूचकहरुले गम्भीर अनिष्टको सङ्केत गरिरहेका छन् । पूर्ववर्ती सरकारले ल्याएको लोकप्रिय बजेटलाई विस्थापन गरेर नयाँ बजेट ल्याएको यस सरकारको कार्यकालमा विकासको गति ठप्प जस्तै भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक सङ्कटतिर उन्मुख भएको चिन्ताजनक तस्बिर प्रस्तुत गरेको छ । ’ जारी वक्तव्यमा भनिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनप्रति टिप्पणी गर्दै ओलीले १५ बुँदे वक्तव्य जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?