काठमाडौं । ओखलढुंगामा गुडिरेहेको बोलेरोमाथि ढुंगाखस्दा ३ जनाको मृत्यु भएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले गुडिरेहेको बोलेरोलाई किचेको हो ।
ढुंगा करिब डेढ सय मिटर माथिबाट खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक डिएसपी गोविन्द काफ्लेले लोकपथलाई जानकारी दिए ।
दुर्घटनाग्रस्त १ ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए । बुलेरोमासवार अन्य ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई काठमाडौंको न्यूरो अस्पताल ल्याइएको छ भने एक जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगर छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया