प्रभु समूहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रसारण (DVB-T2) मा आधारित भएर टि.भि. को सेवा प्रारम्भ गरेको छ ।
यसका साथै सुचना प्रविधिको विकासको क्रम सँगै ओटिटि प्रणालीमा आधारित भएर मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत आफुले छानेको च्यानलहरु हेर्न सकिनेछ ।
आजको आयोजित कार्यक्रममा प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले यस सेवाको प्रदर्शन गरि शुभारम्भ गरे ।
नेपाल सरकारबाट लाईसेन्स प्राप्त संस्थाले प्रभु टि.भि. कल साईनमा देशव्यापी रुपमा वर्षको ३६५ दिन नै उच्च गुणस्तरिय डिजिटल टिभि च्यानलहरुको प्रसारण सेवा प्रदान गर्नेछ । यस प्रभु टिभि कल साईन मार्फत (DVB-T2) प्रविधि मा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय टिभि च्यानलहरु टिभि तथा इत्त् प्रविधिमा मोवाईल, ट्याव्लेट तथा ल्याबटपमा ईन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गर्नेछ ।
प्रभु टिभिको आधिकारिक सेटअप बक्स र जडान गर्न सहज एटिनाको खरीद संगै ग्राहकलाई सबै स्थानिय प्रशारित टिभि च्यानलहरुको पहुँच हुनेछ । यसका साथै अन्र्तराष्ट्रिय टिभि च्यानलहरु र विशेष कार्यक्रमहरु समेत उच्च गुण स्तरमा न्युनतम शुल्कमा हेर्न सकिनेछ ।
प्रारम्भिक रुपमा यस प्रभु टिभिले काठमाण्डौ, चितवन र पोखरामा आफ्ना सेवाहरु प्रदान गर्ने भएतापनि भविष्यमा अन्य स्थानहरुमा क्रमिक रुपमा विस्तार गर्दै लैजानेछ । निकट भविष्यमा पूर्वाञ्चल क्षेत्र, बुटवल भैरहवा, नेपालगंज, कोहलपुरमा समेत प्रशारण गर्ने लक्ष्य लिइएकोछ ।
प्रभु टिभिले विभिन्न प्रकारका च्यानलहरु बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरंजन र सुचनामुलक नेपाली तथा अन्र्तराष्ट्रिय च्यानलहरु समेत प्रस्तुत गर्नेछ ।
ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न प्रारम्भिक प्याकेजहरुको व्यवस्था गरिएकोछ , जस अन्तर्गत एकल प्रयोगकर्ताको हकमा छ महिनाको शुल्क रु.१६०० तथा सेटअप बक्स वापत रु. १००० र संस्थागत प्रयोगकर्ताहरुलाई मासिक रु.२०० सेटअप बक्स वापत रु. ८०० पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया