मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहोर्‍याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ ।

संयोजक महेश चौलागाईंले आइतबार आफ्ना कार्यकर्तालाई विशेष निर्देशन दिँदै मन्त्री यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक मानसिकताविरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।

विशेष निर्देशन

२०७८ माघ ५ गते रौतहटको गौरमा भएको एक सभामा जसपाकी नेतृ तथा नेपाल सरकारका मन्त्री माननीय रेणुकुमारी यादवले दिएको अराजक तथा अपराधिक अभिव्यक्तिप्रति हाम्रो संगठन राष्ट्रिय युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

कानुनी राज्यको ध्वजी उडाउँदै मन्त्री जस्तो पदको दुरुपयोग गर्ने अपराधीक मानसिकता एवं अराजक प्रवृत्तिकाविरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी नेपाली दाजुभाइ तथा दिदिवहिनीहरु एकजुट हुन हामी हार्दिक आह्वान गर्दछौं।

मन्त्री यादवको अपराधीक मानसिकता, हत्या हिंसा भड्काउने अभिव्यक्ति कुनै पनि मानेमा क्षमा दिन योग्य छैन । उहाँले २०६३ चैत ७ गते गौरमा भएकी नगरसंहार आफ्नो पार्टीले गरेकोमा गौरव घोषणा गरेकोले हामी यसलाई प्रमाणको रुपमा लिएर तत्काल मन्त्री पदबाट खारेजगरी गिरफ्तारगरी आवस्यक कार्वाही गरियोस् नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं।

राष्ट्रिय युवा संघ नेपालको अगुवाइमा कोभिड संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरेर सबै जिल्लाहरुमा जुलुस, सभा, पुत्ला दहन लगायतका कार्यक्रम गर्नुहुन केन्द्रको निर्देशन रहेको हुँदा बागमती प्रदेश मातहतका सम्पूर्ण कमिटीसमक्ष सोही अनुसार निर्देशन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?