३०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

लोकपथ
130
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३००ले घटेको छ ।

गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा ३००ले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार गत साताको अन्तिम दिन शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?