यो साता तपाईँको कस्तो रहनेछ ? हेर्नुहोस् साप्ताहिक राशिफल

लोकपथ
884
Shares

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्मान पाइनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सेयर बजारमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपूर्व आवस्यक तयारी राम्रोसँग गर्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साता राम्र्रो रहेकोले एकल तथा साझेदारी व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ भने आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सोमबार साँझसम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । मंगलबारबाट वौद्धिक व्यक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतीले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले खेलकुद तथा आट,शाहस तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । बिहीबारबाट घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु अर्थात सोमबारसम्मको समय मध्ययम रहेकोले भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । मंगलबारबाट कार्यक्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी वढी पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साता मिश्रित रहेकोले नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरुका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसि हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागी समय उत्कृष्ट रहेकोछ । तरपनि खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या देखिन सक्छ । अध्ययनमा मन नजानाले बौद्धिक क्षेत्र साँघुरो हुनेछ । व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था खस्कनेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव सिर्जना हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पती तथा शुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागी समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमीकमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सुखद समाचारले आजको दीन उत्साह पुर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरुलाई उछिन्दै बिषेश अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनेतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । साताको अन्त अर्थात बिहीबारबाट समय मध्ययम रहेकोले अरुको भर पर्दा महत्वपूर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतीको परिचालन गर्दा ध्यान दिनुहोला । लामो यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाईहरु जनमानसमा लैजान सकिनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सोमबारसम्मको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । मंगलबारबाट राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पती प्राप्त हुनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुशार नचल्नाले अरुभन्दा पछी परिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?