एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

लोकपथ
338
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई आइतबार बिहान आएको नतिजा अनुसार कोरोना संक्रमण पुष्टि भएको हो ।

ओलीलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

ओलीसँगै ओली पत्नी राधिकामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि ओली दम्पतीमा एन्टीजेन पुष्टि भएपछि आजका लागि बोलाइएको पत्रकार सम्मेलन समेत स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?