११ फाल्गुन २०८०, शुक्रवार

एनआरएनका लागि उम्मेदवारी घोषणा

२०७४,आश्विन,२५,बुधबार २३:३७

0
Shares

काठमाडौँ, २६ असोज – गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरूले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।एक जना महिला उपाध्यक्ष तथा दुई पुरुष उपाध्यक्ष पदमा उनीहरुले यसरी उम्मेदवारी घोषणा गरेका हुन् ।अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएका रञ्जु वाग्लेले महिला उपाध्यक्षमा तथा सोनाम लामा, चिरञ्जीवी थापा, पारशमणि पोखरेल, ज्ञानेन्द्रराज गौतम, कुमार पन्थ तथा कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।उपाध्यक्षका दावेदार सोनाम लामाले आफूले जितेमा एनआरएनलाई एकताबद्ध गर्ने तथा नेपालका युवालाई रोजगारी दिने आश्वासन दिए भने चिरञ्जीवी थापाले विदेशमा संगालेको अनुभव, ज्ञान र शीप नेपालमा भित्र्याउने बताए । अर्का उम्मेदवार पारशमणि पोखरेलले स्टप एनआरएन अभियान शुरु गर्ने बताए ।त्यस्तै, संघको मध्यपूर्व संयोजकमा उम्मेदवार दिनुभएका उप संयोजक धर्मराज गिरीले परिवर्तनको आभास दिने अठोट व्यक्त गरे । उपाध्यक्षका उम्मेदवार कुमार पन्थ तथा कुल आचार्यले नेपालको विकासका लागि सामूहिक लगानी भित्र्याउने बताए ।हाल विश्वका विभिन्न ७७ मुलुकमा ६५ लाख नेपाली बसोबास गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार २३:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको

ताजा समाचार

‘देश लुट्नेलाई छाडिदैन’
 २०८०,फाल्गुन,११,शुक्रवार १३:४३
तस्बिरमा हेर्नुहोस् खुलेको जनकपुर (फोटोफिचर)
 २०८०,फाल्गुन,११,शुक्रवार १३:२१