जुवा अखाडामा प्रहरीको छापा, १० जना जुवाडे पक्राउ

तनहुँ । तनहूँको बन्दिपुर गाउँपालिका वडा नं. ४ बिमलनगर स्थित सिद्द गुफा बेम्बो कटेजमा रहेको जुवा अखाडामा प्रहरीले छापा मारेर १० जुवाडेलाई पक्राउ गरेको छ । 

पक्राउ गर्नेमा बन्दीपुर गाँउपालिका वडा नं. ४ का बहादुर थापा, शुक्लागण्की नगरपालिका वडानं.११ का कदम बहादुर तामाङ, आबुखैरेनी गाँपालिका वडा नं. १ का प्रदिप घिमिरे, प्रेम लम्साल, सोहि गाउँपालिकाको वडा नं.३ का सोम बहादुर खत्री, बन्दीपुर गाँउपालिका वडा नं. ५ का मदन कुमार श्रेष्ठ,  वडा नं. १ का आश बहादुर गुरुङ,  सुरेन्द्र बहादुर पुन,  भानु नगरपालिका वडा नं. १ का शिव तामाङ  र वडा नं.२ बका प्रेम प्रसाद दवाडी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । पक्राउ पर्नेमध्येका होटल सञ्चालक बलबहादुर थापाले जुवा खेलाएका थिए । 

प्रहरीले जुवा खालबाट बिभिन्न दरका रु. ३ लाख ६१ हजार ७४५ रुपैयाँ तथा  मोबाईल सेटहरु र तास ५२ समेत बरामद  गरेको छ । 

पक्राउ परेकालाई आज  जुवा मुद्दामा तनहूँ जिल्ला अदालतमा उपस्थित गराई दिन ३ को म्याद थप गरेर अनुसन्धान भइरहेको मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?