स्थानीय निर्वाचनलाई नाफा र नोक्सानको लेखाजोखा गर्नहुन्नः नेता केसी

लोकपथ
78
Shares

काँग्रेस नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारले स्थानीय निर्वाचनलाई नाफा र नोक्सानको लेखाजोखा गर्न नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले स्थानीय तह आफैमा स्वशासन, शुसासन र लोकतान्त्रिक सोपानको प्रथम खुट्किलो र संस्थागत स्थानीय विकास निर्माणको ऊर्जा केन्द्र भएको बताएका छन् ।

‘स्थानीय स्तह आफैमा स्वशासन,शुसासन र लोकतान्त्रिक सोपानको प्रथम खुट्किलो र संस्थागत स्थानिय विकास निर्माणको ऊर्जा केन्द्र हो’, उनले भनेका छन्, ‘विधिको शासन र संविधानको रक्षार्थ निर्मित यो गठबन्धन सरकारले स्थानीय निर्वाचन लाई नाफा र नोक्सानको लेखा जोखा गर्ने र पन्छाउने कामले संविधानको रक्षा हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?