काठमाडाैं । कोभिड–१९ महामारीविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिन्ज उपलब्ध गराएको छ ।
आज उक्त परिमाणको सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले जनाएको छ ।
आज हस्तान्तरित सिरिन्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैव तत्पर रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया