राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाउन उर्दी, कमल थापा खनिए

लोकपथ
1k
Shares

निर्वाचन आयोगले राप्रपालाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको छ । गत माघ २ गते आयोगले राप्रपालाई पत्र लेखेर विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको हो ।

यस्तै झण्डाबाट गाई हटाउन पनि राप्रपालाई आयोगले निर्देशन दिएको छ । यो पत्र आयोगले पठाएपनि वर्तमन नेतृत्व मौन बसेको भन्दै पूर्व अध्यक्ष कमल थापाले आक्रोश पोखेका छन् । उनले आयोगको यो निर्देशन अस्वीकार्य रहेको भन्दै विगतको यस्तै निर्णय आफूहरुले संघर्षबाट उल्ट्याएको स्मरण गरेका छन् । पत्र राजेन्द्र लिंदेनले किन लुकाएर राखेको भन्दै थापाले प्रश्न समेत गरेका छन् ।

राप्रपाले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा उठाउँदै आएको छ भने सोही मुद्दामाथि अंकुश लगाउने गरी आयोगले संविधानलाई देखाउँदै पत्र काटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?