१ पछिल्लो २४ घण्टामा गरिएको २० हजार १ सय ८७ परीक्षणमा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, ७ सय ८ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु
२ कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको जोरबिजोर प्रणाली आजबाट लागू, सडकमा सवारीको चाप कम, यात्रुको संख्या भने उस्तै
३ माओवादी केन्द्रले गर्यो पूर्व स्थायी कमिटी सदस्य र आयोगका अध्यक्षहरुसँग छलफल, तीनै तहको निर्वाचन एकैपटक गर्ने वातावरण बनाउनेदेखि एमसीसी सम्झौतामाथि छलफल गर्न कार्यदल बनाउनेसम्मका निर्णय
४ प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईको कटाक्ष, कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारसँग यथेष्ट योजना नभएको आरोप
५ फेरि गौरहत्या काण्ड घटाउने भन्दै हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको आपत्ति, आत्मआलोचना वा पार्टीबाट राजीनामा र प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने माग
६ कोरोना संक्रमणबाट जनतालाई जोगाउन ‘तपाईँको मास्क खै ?’ भन्दै सडकमा ओर्लिए कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, कर्णालीसहित देशभर कोरोना संक्रमण बढेका कारण स्वास्थ्य मापदण्ड अपनाउन आग्रह
७ आफूले गौरहत्या काण्ड दोहोर्याउने वा सीके राउतको ज्यान मार्ने कुनै पनि अभिव्यक्ति नदिएको मन्त्री रेणू यादवको स्पष्टोक्ती, जनमत पार्टीका कार्यकर्ताले आफ्नो बाटो रोकेपनि आफूले कुनै हिंसात्मक कदम नचालेको भन्दै गरिन् बचाउ
८ स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, नेकपा एमालेले जनताले दिएको म्यान्डेड अनुसार काम गर्न नसकेको आरोप
९ कोरोना महामारी तीव्र रुपमा बढिरहेकाले वैकल्पिक माध्यमबाट कक्षाहरु सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन, केही निजी शैक्षिक संस्थाले भौतिक रुपमा कक्षा सञ्चालन गरेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह
१० सर्वदलीय बैठक बहिस्कार गर्नेहरू नवफाँसीवादी तत्त्व भएका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको आरोप, ६ महिनादेखि संसद् अवरुद्ध गरेर बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गरेको भनाइ
११ बाबुराम भट्टराईको आरोपपछि नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले दिए प्रतिक्रिया, बाबुराम भट्टराई र फाँसीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी
१२ भारतमा कोरोनाको ग्राफ तिव्र रुपमा उकालो लाग्दै, एकैदिनमा थपिए तीन लाख ३७ हजार सङ्क्रमित, सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार नाघ्यो
१३ विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न संयुक्त राष्ट्र संघको आह्वान, संसारलाई दुई भागमा विभाजन गर्नबाट जोगिन आवश्यक रहेको भनाइ
१४ विश्वकप छनोट अघि नेपाली क्रिकेट टोलीले चारदेशीय सिरिज खेल्ने पक्का, सिरिजको पहिलो खेल फेब्रुअरी ११ मा नेपाल बिरुद्ध ओमान विच हुने
१५ र, प्रिमियर लिग अन्तर्गतको खेलमा आज म्यान्चेस्टर सिटि र साउथह्यामटन भिड्दै दुवै टोली एक अर्कालाई हराएर अंक तालिका सुधार्ने दाउका साथ मैदान उत्रदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया