हेर्नुहोस् आजको राशिफल

लोकपथ
13
Shares

वि.सं.२०७८ साल माघ ०९ गते । आईतबार । ईश्वी सन् २०२२ जनवरी २३ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–पंचमी, बिहान ०७ बजेर ०८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–उत्तरफाल्गनी, बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त हस्त । योग–अतिगण्ड, बिहान ११ बजेर ४० मिनेट उपान्त सुकर्मा । करण–तैतिल, बिहान ०७ बजेर ०८ मिनेट उप्रान्त गर, बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुको सहयोग पाईने तथा आफन्तको ीव्श्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरु दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतीमा मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । तरपनि आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलव्धी मुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् । तरपनि आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अली वढी मेहनेतको खाचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेकोछ । तरपनि विदेशी लगानीबाट सञ्चालित सस्थाबाट भने मनग्गे मुनाँफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कार्यक्षेत्रमा तपाईँको कामको उचित मुल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागी हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सवालमा शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सोनो प्रयत्नले ठुला उपलव्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिती रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शरिर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै राम्र्रो होला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यातित हुदा मन खिन्न हुनेछ । सानो उपलव्धीमा दिन व्यातित हुने सम्भावना रहेकोछ ख्याल गर्नुहोला । तरपनि आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । आर्थिक क्षेत्र जस्तै शेयर बजार बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?