विभागीयमन्त्री उपस्थित नहुँदा बैठक स्थगित

काठमाडौँ । विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । 

विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको छलफल चलिरहेको थियो । 

नेपाली काँग्रेसका अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थित नभएकाले बैठकको कुनै औचित्य नहुने जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?