१३ जेष्ठ २०७९, शुक्रवार

तोकिएकै समयमा तीनै तहको निर्वाचन हुनुपर्नेमा नेता सिंहको जोड

२०७८,माघ,८,शनिवार १७:०५

387
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन्।

शनिबार चाक्सीबारीस्थित आफ्नै निवासमा डाक्टर मिता सिहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि पत्रकारहरुले राखेका जिज्ञासाहरु मा स्थानीय तहदेखि संघीय संसदसम्मका निरवाचनहरु समयमै हुनुपर्ने बताएका हुन् ।

संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्नेमा जोड दिएका छन् ।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरु मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’
झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए।

फरक प्रसंगमा नेता सिंहले १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूमाथि अन्याय गरेको पनि भन्दै भने, ‘१३ औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिष्पर्धा गर्न मलाई जुनियर भनियो,’ ‘तर, अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भने।’

१३ औँ महाधिवेशनमा आफूलाई जुनियर भनेर सभापतिको प्रतिष्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिष्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट्याए।

‘१३ औँ महाधिवशेनमा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने,’ उनले प्रश्नगरे, ‘आज १४ औँ महाधिवशेनमा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु भन्दै दोस्रो चरणमा आफुले शेरबहादुर देउवालाई विधि नियम्म संवत पार्टी संचालन गर्ने प्रतिबद्धता अनुरुप सहयोह गरेको हुँ ।’

त्यस्तै लोकार्पण कार्यक्रममा पुस्तककी लेखिका डा. मिता सिंह प्रा. कपिल श्रेष्ठसहित कनक मनि दिक्षित लगायत आफ्नो बिचार राखेका थिए ।

प्रकाशित मिति: २०७८,माघ,८,शनिवार १७:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन् । साथै

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२