कोरोनाको कारण एकैदिन १६ जनाको मृत्यु, ७२ हजार नाघे सक्रिय संक्रमित

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार १ सय ८७ जनाको परीक्षणमा ८ हजार २ सय १२ जनाको पीसीआर र २ हजार ४२ जनाको एन्टीजेन पुष्टि भएको हो । त्यस्तै देशभर कुल ७ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्ला केहीदिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा अत्याधिक वृद्धि भएका कारण सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?