गुल्मी । वैदेशिक रोजगारीको क्रममा कुबेत पुगेका एक नेपालीको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–८, मरभुङग द्वाघासका २८ वर्षीय दान बहादुर पौडेलको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
केहि दिनअघिमात्रै उनकी श्रीमती दीपाले छोरीलाई जन्म दिएकोमा परिवारमा खुसीयाली छाइरहेको बेला एकाएक पौडेलको निधनले परिवार शोकमा डुबेको छ ।
पौडेल तीन महिनाअघि मात्रै रोजगारीको सिलसिलामा कुबेत पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया