काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलकै सांसदले सरकार नीति, विधि र थिति अनुसार चल्न नसेको भन्दै आक्रोश पोखेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका सांसद दुर्गा बहादुर रातवले सरकार नीति, विधि र थिति अनुसार नचलेको भन्दै आपत्ती जनाएका छन् ।
सांसद रावतले कर्णालीबासीलाई सरकारले उपेक्षा गरेको आरोप लगाउँदै उनले भने, “सर्वत्र सरकारको विरोध छ । यो सरकार कसको हो ? हाम्रो पार्टीका नेताहरुले किन समर्थन गरेका हुन् ? किन च्यापिरहेका छन् अहिले सम्म काखमा ?”
कम्युनिस्ट पार्टीको सिद्धान्त अनुसार सरकार चल्न नसकेको भन्दै उनले भने “कम्युनिष्ट पार्टीको निर्देशनमा सरकार नचलेको हो भने ? हाम्रा नेताहरुले किन च्यापिरहेको ?
आक्रोशित रावलले भने आफू कसैको भरिया नभएको बताए । उनले भने, ‘म कसैको भरिया होइन । तपाईहरुको जिल्लामा योजना । मैले त्यो किताब बोक्ने होइन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया