कांग्रेस महामन्त्री शर्माले दिए मन्त्री यादवलाई तीन विकल्प

लोकपथ
520
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले दिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

राज्यको जिम्मेवार पदमा बसेर हिंसात्मक अभिव्यक्ति दिनु कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै तीन विकल्प दिएका छन् । महामन्त्री शर्माले पहिले व्यक्ति स्वंमले क्षमायाचना गर्ने, सम्बन्धित दलले राजीनामा गराउने वा प्रधानमन्त्रीले पदमुक्त गराउनेबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्, ‘१.स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना l अथवा.. २) सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा l अथवा.. ३) पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त l

त्यस्तै कारबाहीका तीन तरिकाका तीन कारणहरुबारे स्पष्ट समेत पारेका छन् ।

गत माघ ३ गते मन्त्री यादवले रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्कीसहित फेरि गौर हत्याकाण्ड घटाउने चेतावनी दिएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?