ओशो तपोवनमा किन पुगे निखिल ?

काठमाडौं । अभिनेता निखिल उप्रेती ओशो तपोवन पुगेका छन् । उनी शनिबार नागार्जुन स्थित ओशो तपोवनमा आध्यात्मिक चिन्तन र ध्यानका लागि पुगेका हुन् ।

शनिबार उनी उक्त स्थानमा आयोजित तपोवनका स्वामी आनन्द अरुणको ७५ औं जन्मदिनमा समेत शरिक भएका छन् । स्वामी अरुण आनन्दको जन्मदिन सेलिब्रेसन गर्न देश तथा विदेशबाट ओशोका अनुयायीहरु सहभागी थिए ।

निखिल बेलाबेलामा ओशो तपोवन गएर अध्यात्मिक चिन्तन र ध्यान समेत गर्दै आएका छन् । शनिबार पनि उनले आध्यात्मिक चिन्तनका साथै ध्यान समेत गरेको बताएका छन् । 

निखिल चलचित्र क्षेत्रमा अभिनेता, निर्माता तथा निर्देशक भनेर समेत चिनिन्छन् । उनी अहिले चलचित्र ‘कमिट्मेन्ट’मा ब्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?