प्रधानमन्त्रीले अटेरी गरेपछि….

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सञ्चालन नियमावली ५६ को व्यवस्था अनुसार प्रधानमन्त्रसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागू गर्न संसदको ध्यानाकर्षण गराएको छ । 

आइतबारको प्रतिनिधिसभाको बैठकमा शून्य समय पछि सभामुख कृष्णबहादुर महरा कार्यसूचीमा प्रवेश गर्दे गर्दा कांग्रेसका सांसद मिनेन्द्र रिजालले नियमापत्ति गर्दै कार्यसञ्चालन नियमावलिको ५६ को व्यवस्थालाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । 

नियमावलीको ५६ को व्यवस्थामा “प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्षरुपमा महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेश्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्न सक्नेछ” भन्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?