प्रधानमन्त्रीको सम्बोधनप्रति योगेश भट्टराईको १२ बुँदामा टिप्पणी

लोकपथ
507
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवं प्रचारप्रसार विभागका संयोजक योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको राष्ट्रको नाममा गरेको सम्बोधनप्रति आपत्ति जनाएका छन् ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमा १२ बुँदामा टिप्पणी गर्दै प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधनले सरकार कोमामा पुगेको बिरामीको हालतमा पुगेको टिप्पणी गरेका छन् । साथै उक्त सम्बोधनबाट कोरोना रोकथाम तथा नियन्त्रणमा उचित कार्यक्रम नआएको समेत आरोप लगाएका छन् ।

प्रत्येक दिन ५ लाख व्यक्तिलाई खोप दिइने भनिए पनि हाल २ लाख व्यक्तिलाई समेत खोप दिन नसकेको भन्दै कटाक्ष गरेका छन् । ‘प्रत्येक दिन ५ लाख व्यक्तिलाई खोप लगाउने घोषणा गरेको सरकारले मुस्किलले २ लाख पनि पुरा गर्न सकेको छैन् । खोप केन्द्रमा देखिएको भिडभाडले खोप केन्द्र संक्रमणको थलो बनी रहेका छन । खोप केन्द्रको बिस्तार गर्ने, नागरिकहरुलाई सहज र सरल ढंगले खोपप्राप्त गर्ने वातावारण बनाउने र बृद्धबृद्धा, गर्भवती महिला, बालबालिका, अपाङ्ग, र अशक्तहरुलाई घर–घरमै खोप सेवा पुर्याउने कार्ययोजना प्रधानमन्त्रीको वक्तव्यमा छैन ।’उनले भनेका छन् ।

त्यस्तै स्वास्थ्य जनशक्तिको थप प्रवन्ध र स्वास्थ्य पूर्वाधार निर्माणमा सरकार प्रतिवद्ध नरहेको उनको आरोप रहेको छ । स्वास्थ्य जनशक्ति र पूर्वाधारको विकास गर्नुको साटो सरकार उल्टै अघिल्लो सरकारले विनियोजन गरेको रकम समेत कटौटी गरेको आरोप नेता भट्टराईको रहेको छ । उनले भनेका छन्, ‘ स्वास्थ्य जनशक्तिको थप प्रवन्ध र स्वास्थ्य पुर्वाधारमा कतै पनि प्रतिवद्धता देखिएन् । उल्टै अधिल्लो सरकारले बिनियोजन गरेको बजेट कटौती गरिएको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?