अरुण तेस्रो परियोजनाको सुरुङमा पुरिएका ४ जनाको सकुशल उद्दार

संखुवासभा । संखुवासभामा रहेको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले उनीहरुको आइतबार बिहान उद्दार गरिएको पुष्टि गरे ।

आयोजनाको बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा शुक्रबार राती पहिरो खसेको थियो । सुरूङभित्र बेपत्ता हुनेहरूमा कालीकोटका ३२ बर्षीय प्रदीप शाही, जुम्लाका ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय बुधन मुण्डा र विहारका ४५ वर्षीय नन्द किशोर रहेको बताईएको छ । 

लामो समयदेखि निकै विवादित यो परियोजनाको शिलान्यास हालै गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको तीर्थाटनमा आउँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले आयोजनाको संयुक्त शिलान्यास गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?