१३ जेष्ठ २०७९, शुक्रवार

कोरोनाका कारण घलेगाउँमा घटे पर्यटक

२०७८,माघ,८,शनिवार ११:५१

90
Shares

लमजुङ । समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ ।

घरवास ९होमस्टे० सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना शुरुवात हुनुअघिसम्म चहलपहल भइरेपनि यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ ।

कोरोनाको दोस्रो लहर सकिएसँगै पर्यटकको चलपहल हुँदै आएको घलेगाउँमा दशदिन अघिदेखि सुरु भएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यसअघि दैनिक २०० देखि ३०० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा यतिबेला भने हप्ताको ४०÷५० जना मात्र मुश्किलले आउने गरेका छन् । कोरोना संक्रमणका कारण पर्यटकको आगमन ठप्प हुन लागेपछि यहाँका घरवास संचालकहरु चिन्तित भएका छन् ।

घलेगाउँका घरवास सञ्चालक दिर्घराज घलेले भन्नुभयो, पुस र माघ पर्यटक नआउने याम भए पनि दैनिक २०० भन्दा बढी पर्यटक आउने गरेका थिए ।

कोरोना संक्रमणको जोखिम बढ्न थालेकाले जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले पर्यटक हत्तै घटेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति: २०७८,माघ,८,शनिवार ११:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन

काठमाडौं । कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु

काठमाडौं । पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।

मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५