काठमाडौं । लामो समयको उपचारपछि माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ माग १० गते स्वदेश फर्किने भएका छन् ।
नेता पुनले आफू बैंकक र चीनमा उपचारपछि माघ १० गते नेपाल फर्किन लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्
‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पुर्ण स्वास्थ्य लाभ गरि नेपाल फर्किदै छु ।’ उनले भनेका छन् ।
जण्डिस र अन्य रोगबाट पीडित पुन उपचारका लागि बैंकक गएका थिए । नेता पुन त्यहाँ उपचार संभव नभएपछि चीनमा उपचाररत थिए । चीनको थर्ड पिपुल्स हस्पिटल एण्ड सेनजेनमा उपचाररत नेता पुनको अवस्था सामान्य भएको बताइएको छ । त्यससँगै उनी नेपाल फर्किन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया