२० मङ्सिर २०८०, बुधबार

काँग्रेसद्वारा बन्दसूची बनाउन शुरु

२०७४,आश्विन,२५,बुधबार २३:२८

0
Shares

काठमाडौँ, २६ असोज – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ ।पार्टीकातर्फबाट संसद्को निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि बुधबार संसदीय समिति गठन भएकै दिनदेखि बन्दसूची तयार गर्ने कार्य शुरु गरेको पार्टीका नेता एवं समिति सदस्य बालकृष्ण खाँडले जानकारी दिए ।समितिको पहिलो बैठकले यही असोज २८ गतेसम्म बन्दसूची तयार गर्नेगरी काम शुरु गरेको उनले बताए । जिल्लाबाट प्राप्त भएका नामावलीको सूची बुधबार नै पार्टी कार्यालयले समितिमा बुझाएको थियो ।समितिले केन्द्रीय कार्यालयबाट प्राप्त सूचीमा आवश्यक छलफल गरी निश्चित मापदण्ड बनाएर नामावली तयार गर्ने नेता खाँडले बताए । बैठक आज पनि बस्नेछ ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गरेका हुन् ।पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्नसक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्नसक्ने प्रावधान छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार २३:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार