काठमाडौं । समाज सेवाको आवरणमा गरिब, विपन्न, असहाय तथा जेहेन्दार बालबालिकामाथि यौन दुराचार गरेको भन्दै ठमेल सातघुम्तीबाट एक विदेशी नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, नेदरल्याण्डका नागरिक ६६ वर्षीय पेट हेइनभान टेरवीस्गालाई पक्राउ गरेको हो । उनको साथबाट एक बालकको समेत उद्धार गरिएइको छ ।
समाज सेवा गर्ने नाममा नेपाल छिरेका पेट हेइनले विभिन्न प्रलोभन देखाइ फकाइफुलाई गरि बालबालिकाहरु आफूसंगै राख्दै आएका थिए ।
पछिल्लो समयमा सातघुम्तीस्थित होटलमा कोठा लिएर बस्दै आएका पेटले बालकलाई यौन दुराचार गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यसअघि पनि ठमेलबाट नै प्रहरीले बालबालिकालाई पढाइ दिने भन्दै आफूसंगै होटल तथा फ्ल्याटमा राखेर यौन दुराचार गरेको अभियोगमा पाँच जनाभन्दा बढी विदेशी नागरिक पक्राउ परिसकेका छन् ।
ब्यूरो प्रहरीकाप्रवक्ता बुद्धिराज गुरुङका अनुसार, अभियुक्त पेटलाई जवरजस्ती करण महलको वाल यौन दुराचार अपराध अन्तरगत आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया