प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

लोकपथ
169
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले बिहान साढे ९ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानीय तहको निर्वाचनका साथसाथै कोरोना नियन्त्रणलगायतका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।
आजै बसेको सत्ता गठबन्धनको बैठकले चुनावको मितिबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?