१२ जेष्ठ २०७९, बिहीवार

प्रदेश १ मा कुन जिल्लामा कति संक्रमित ?

२०७८,माघ,७,शुक्रवार २०:२९

36
Shares

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार २३६को पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ को एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा पाँच, उदयपुरमा चार, संखुवासभामा तीन, इलाम र भोजपुरमा दुई÷दुई, पाँचथर, तेहृथुम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका ३८ मा कोरोना सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा २५३, बुढीगङ्गामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा सात, रङ्गेलीमा पाँच, कटहरी र स्थानीय तह नखुलेका तीन÷तीन, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा दुई÷दुई, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा एक÷एक, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा छ, हरिनगरमा तीन, बराह क्षेत्र र बर्जुमा दुई÷दुई, गढी र रामधुनीमा एक÷एक जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा आठ, हल्दिबारीमा पाँच, बाहृदशी र कमल गाउँपालिकामा चार÷चार, कचनकवलमा तीन, बुद्धशान्ति र स्थानीय तह नखुलेका दुई÷दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका दुई÷दुई, पाख्रिबासमा एक जनामा सङ्क्रमण भएको छ ।

यसैगरी उदयपुरको त्रियुगामा तीन, चौदण्डीगढीमा एक, सङ्खुवासभाको मादीमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा एक÷एक, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा एक÷एक र प्रदेश बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

प्रदेशमा आज ३६ महिलासहित ८० कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस क्षेत्रमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार २०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४९

काठमाडौं । उत्तर कोरियामा कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २

ताजा समाचार

चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५