१२ जेष्ठ २०७९, बिहीवार

चुनावको मिति घोषणाअघि कानुन विज्ञसँग छलफल गर्ने गठबन्धनको निर्णय

२०७८,माघ,७,शुक्रवार १९:३८

108
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे पहिला निर्वाचन आयोग र कानुनका विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमती गरेको हो ।

स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निक्र्यौंल गरेर अघि बढन निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढने सहमती गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्नेबारे छलफल भयो । संविधान र कानुनमा केही द्विविधा रहेको, त्यो द्विविधालाई कसरी हटाउने भन्नेबारे छलफल भयो । स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन निर्वाचनलाई सुरु मिति मानेर पाँच वर्ष पूरा भएको भन्ने अन्यौल रहेको छ । त्यस सम्बन्धमा सत्तारुढ गठबन्धनले संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने समझदारी बनेको छ । निर्वाचनलाई मितव्ययी बनाउन तीन तहको निर्वाचन एकैपटक गर्ने कि भन्ने बारे पनि छलफलमा विषय उठेको छ ।’

बैठकमा आर्थिक रुपमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो । तर त्यस विषयमा विस्तृत छलफल भने नभएको मन्त्री कार्कीले बताए ।

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार १९:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशका ११ वटै उपमहानगरको अन्तिम मतपरिणम सार्वजनीक भइसकेको छ । यस पटक नेपाली कांग्रेस र एमालेले समान ३/३

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द भएका प्रदेशभित्रका उद्योग सञ्चलनका लागि आफूले संघ सरकारसँग स्वामित्व मागेको बताएका

लमजुङ । स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख

रसुवा । रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको

ताजा समाचार

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५