१२ जेष्ठ २०७९, बिहीवार

बाह्र लाख जरिवाना तोकिएका व्यक्ति जेल चलान

२०७८,माघ,७,शुक्रवार १८:०१

270
Shares

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति आज जेल चलान भएका छन् ।

दोलखा घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ४३ वर्षीय  जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै उनलाई कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक काटी दिएकामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको हो ।

उनलाई विसं २०७६ मा उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम दुई दिन कैद र रु बाह्र लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका रिजाललाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार १८:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने

स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५