१२ जेष्ठ २०७९, बिहीवार

नेपाली कांग्रेस (वीपी)ले राष्ट्रिय अभियान सञ्चालन गर्दै

२०७८,माघ,७,शुक्रवार १८:०१

63
Shares

काठमाडौं । नेपाली कांग्रेस (वीपी)ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति पुष्पराज पराजुलीले राष्ट्र र राष्ट्रियता बचाउने उद्देश्यले गर्न लागेको अभियानमा आगामी फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने जानकारी दिए। अहिले नेतृत्वमा रहेका नेता देशप्रति गम्भीर नभएकाले भ्रष्टाचार बढेको तथा सीमा अतिक्रमण भएकाले राष्ट्रिय एकतालाई बलियो बनाउन अभियान गर्न लागेको बताए।

पार्टीका अर्का नेता गोबिन्दप्रसाद शर्माले विपीले गरेको समाजवादको परिकल्पना पूरा गर्न राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिँदै नेपाली भू–भाग लिपुलेकमा अनुमति नलिई बाटो बनाउने काम गलत भएकाले यसलाई रोक्न माग गरे ।

अभियानअन्तर्गत देशमा राष्ट्रिय जागरण ल्याउन सबै जिल्लामा पुगेर जनताको घरदैलो कार्यक्रम गरी देशको समसामयिक अवस्था, बेथिति, भ्रष्टाचारबारे जनचेतना फैलाइने छ ।

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार १८:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताएका छन्

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल

ताजा समाचार

अस्वस्थ भएपछि ओलीले बसेरै गरे सम्बोधन
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४०
फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९
कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००