१२ जेष्ठ २०७९, बिहीवार

पत्रकार विश्वकर्माको निधनको छानबिन गर्न र क्षतिपूर्ति दिन माग

२०७८,माघ,७,शुक्रवार १७:४७

324
Shares

काठमाडौं । श्रमजीवी पत्रकार संघले पत्रकार एलबी विश्वकर्माको निधनको छानबिन गर्न र दोषीलाई कारबाहीसहित पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरिएपछि भएको निधनकाबारेमा शुक्रबार सिभिल हस्पिटलको व्यवस्थापनसँग छलफल गरेको जानकारी दिएका संघका अध्यक्ष जन्मदेव जैशीले निष्पक्ष छानबिनसहित दोषीमागि कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

‘उपचार नगरी आईसीयु छैन भन्दै फर्काउने सम्बन्धित विभागका कर्मचारीमाथि उचित छानबिनसहित कारवाही नगरे र पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालको तर्फबाट गेटमा धर्नादिने अस्पताल व्यवस्थापनदलाई जानकारी दिइएको छ’, उनले भने ।

उनका अनुसार व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आईसोलेसनमा भएकाले उनले फोनमार्फतको निर्देशनमा डा। अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आउँदो आइतवार श्रमजीवी–पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठक बस्ने तयारी भएको अध्यक्ष जैशीले जानकारी दिए ।

 

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार १७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने

स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५