देउवाको प्रतिवद्धता : ‘एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ’

लोकपथ
338
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने आश्वासन दिएका छन् । शुक्रबार अपरान्ह देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नका लागि प्रक्रिया अगाडी बढाइएको बताए ।

‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भने ।

त्यसैगरी प्रधानमन्त्री देउवाले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए । साथै सरकारले वर्तमान समयमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप अभियानलाई तिव्रता दिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?