१० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ६५ हजार नाघे सक्रिय संक्रमित

लोकपथ
260
Shares

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २३ हजार ९२ जनाको नमून परीक्षणमा संक्रमितको उक्त संख्या देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ ।

। सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ ।

No description available.

त्यसैगरी संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् । हालसम्म कुल मृतकको संख्या ११ हजार ६३५ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?