एमाले महासचिव पोखरेल भन्छन्- ‘अर्ली इलेक्सनप्रति हाम्रो असहमति होइन’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समयमा स्थानीय निर्वाचन नगर्ने प्रपञ्च रचिएको भन्दै आपत्ति जनाएका छन् ।

एमालेले वर्तमान समयमा अर्लि इलेक्सनप्रति असहमती नजनाएको बताउँदै महासचिव पोखरेलले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेशमा जानु एमालेको चाहाना रहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा(एमाले)को असहमती अर्लि इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा (एमाले) को चाहना नै हो ।’

वर्तमान ५ दलीय गठबन्धनले कुनियताका साथ तोकिएको समयमा स्थानीय तहको निर्वाचन गराउन नलागेको भन्दै त्यसप्रति एमालेको असहमती रहेको बताएका छन् ।

‘तर विभिन्न वहनामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा (एमाले) को गम्भीर असहमती रहेको छ ।’

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचन हरेक ४(४ वर्षमा गर्नुपर्ने हुन्छ । त्यसो हुँदा आगामी वैशाखमा स्थानीय निर्वाचन गर्नुपर्ने देखिन्छ । तर सत्तारुढ गठबन्धनभित्र सो विषयमा सहमति हुन नसक्दा स्थानीय निर्वाचनको मिति तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?